सुर्खेत । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा कोरोनाभाइरस संक्रमितको उपचारको लागि तयारी गरिएको छ । केही संस्थ्य संस्थाहरुले कोरोना संक्रमितको उपचार आनाकानी गरिरहेको बेला प्रतिस्ठानले तयारी पूरा गरेको छ ।
सोमबार प्रतिस्ठानको परिचालन तथा व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि शिक्षण अस्पतालले जिम्मेवारपूर्ण रुपमा भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै त्यसको तयारी गर्ने निष्कर्ष निकाले छ ।
कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री नरेश भण्डारीको उपस्थितमा बैठकले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारलाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल भएको थियो । प्रतिस्ठानले सम्भावित कोरोनाका संक्रमितको लागि १२० आइसोलेसन वार्ड, आईसीयु १० र भेन्टिलेटर ५ तयारी अवस्थामा राखेको छ ।