सर्लाही । एकजना सशस्त्र प्रहरी जवानले आफैलाई गोली हानेका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत आन्नद मिश्रले आफैले बोकेको हतियारले गोली हानेका हुन् ।
सर्लाहीको बलराका मिश्राले ड्युटीमा बसेको बेला एसएलआरबाट आफ्नो घाटीमा गोली फायर गरेका थिए । गोली लागेर मिश्र गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।
घाइते मिश्रलाई उपचारको लागि वीरगञ्जमा पठाइएको छ । मिश्रले किन आफैलाई गोली हाने भन्ने खुलेको छैन । केही दिनदेखि तनावमा रहेका मिश्रले किन गोली हाने भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।