धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कल बहादुर रावलले आफ्नो चरित्र हत्या गर्ने षड्यन्त्रका साथ आफूमाथि बलात्कारको आरोप लगाइएको बताएका छन् । उनले आफूलाई प्रहरीले पक्राउ नगरेको समेत बताएका छन् । झुटो आरोपमा उजुरी परेको सूचना पाएपछि बुझ्न भनेर प्रहरी कार्यालयमा पुगेको बताए ।
एक महिलाले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । तर सांसद रावलले सुनियोजित रुपमा आफूलाई फसाउने षड्यन्त्र भएको बताएका छन् ।
”मलाई प्रहरीले पक्राउ गरेको होइन, मेरो नाममा उजुरी परेको जानकारी पाएपछि आफै जिल्ला प्रहरी कार्यालय कैलालीमा पुगेको हुँ । तर प्रचार गलत ढंगबाट गरियो” रावलले भने । उनले आफूलाई बद्नाम गराउन नियोजित रुपमा महिलालाई प्रयोग गरिएको समेत बताए ।
सत्तारु (नेकपा) को प्रदेससभाका सचेतक समेत रहेका रावलले आफूले ती महिलालाई बलात्कार वा कुनै दुर्व्यवहार नगरेको बताए । उनले प्रमाणित गर्न समेत चेतावनी दिएका छन् । उनले सत्तको अगाडि असत्य कहिलै नटिक्ने समेत बताए ।