आज :

नेकपा सचिवालय बैठक निष्कर्षविहीन,अर्को बैठक २ सातापछि

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार विना निष्कर्ष टुंगिएको छ ।

पार्टीका विभिन्न विभाग र आयोगहरुको जिम्मेवारी टुंगो लगाउन डाकिएको बैठकमा सहमति हुन नसकेपछि बैठक १५ दिनका लागि सारिएको हो । सचिवालयको अर्को बैठक यही साउन २८ गते बस्ने जनाइएको छ ।

स्कुल विभागको नेतृत्वका लागि पूर्वएमाले र पूर्वमाओवादी केन्द्र दुवै पक्षको अडान कायम रहेपछि बैठक २ सातापछि सारिएको हो । स्कुल विभागबारे सहमति जुटाउन नेताहरुबीच पटक–पटक छलफल भएपनि कुरा मिलेको छैन ।

ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार परिषद्, सम्पर्क मञ्चलगायतका निकायहरुमा भने सहमति भएको दाबी गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal