काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थ भएका छन् ।
उनलाई गएरातिदेखि नै झाडा पखाला लागेको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।
झाडा पखाला नरोकिएपछि प्रधानमन्त्री सिंहदरबार कार्यालय पुगेका छैनन् । सबै राजनीतिक भेटघाट स्थगित गरिएको र बालुवाटारमै चिकित्सक बोलाएर स्वास्थ्य परीक्षण गरिएको छ ।
उनी अहिले औषधि सेवन गरेर आराम गरिरहेका छन् ।