काठमाडौँ । पोर्तुगलको राजधानी लिजबन स्थित मंगलबार सामुहिक म्ह: पुजा मनाएको छ ।

नेपालका राजदुत प्रकाश मणि पौडेल सहभागी सामुहिक म्ह: पुजामा मण्डप बनाएर नेवारी मौलिक परम्परागत विधिमा पुजा सम्पन्न गरिएको पुचका सदस्य सुनिता रंजितकारले जानकारी दिनु भयो ।

राजदुत प्रकाश मणि पौडेलले नयाँ नेपाल सम्बत ११४७ को शुभकामना दिदै नेवार भाषा , परम्परा , साहित्य सम्रिद्द सभ्यता भएको बताउन भयो ।
उहाले नेवा : मौलिक परम्पराले नेपाललाई विश्वमा चिनाउन सकेको बताउनु भयो ।
नेवा : पुचले प्रत्यक बर्ष गर्दै आएको यस्ता मौलिक परम्परा आयोजनामा पोर्तुगलमा बसोबार गर्दै आएका गैर नेवा : हरुको बाक्लो सहभागिता रहदै आएको छ ।


बुद्धशरण शाही

