आज :

आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिँदै

  • बुद्धशरण शाही

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज देशभर भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका तथा मखमली माला लगाइदिने परम्परा छ।

भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइलाई पूजा गरी टीका लगाइदिने र दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने चलन छ। यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव, आत्मीयता र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। यद्यपि साइतबाहेक अन्य समयमा पनि टीका लगाउन बाधा नरहेको समितिले जनाएको छ।

धार्मिक मान्यताअनुसार भाइटीकालाई यमद्वितीया पनि भनिन्छ। यमराज र उनकी बहिनी यमुनासँग जोडिएको पौराणिक कथासँग यस पर्वको सम्बन्ध रहेको

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal