आज :

प्रेस काउन्सिल अध्यक्षलाई ‘झ्यालबाट फाल्ने’ धम्की आएको भन्दै काउन्सिलद्वारा आपत्ति

  • अनलाइन डबली

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्षलाई कार्यकक्षमै ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिइएको घटनाप्रति काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार बिहान नेपाल पत्रकार महासङ्घको नेतृत्वसँग लोककल्याणकारी विज्ञापन सम्बन्धी छलफलका क्रममा पत्रकार दीपक पाण्डेले काउन्सिल अध्यक्षलाई उक्त धम्कीपूर्ण अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ ।

छापामाध्यम बचाउ सुझाव कार्यदलका मागका सम्बन्धमा काउन्सिल अध्यक्षको कार्यकक्षमा छलफल जारी रहँदा अन्य सहभागीबाट समेत काउन्सिलका कर्मचारीलाई अपमानजनक व्यवहार भएको भन्दै काउन्सिलले भत्र्सना गरेको छ ।  छलफल र असहमति हुनु स्वाभाविक भए पनि त्यस क्रममा धम्कीपूर्ण भाषा स्वीकार्य हुन नसक्ने काउन्सिलको ठहर छ । काउन्सिलले आफ्ना पेसागत माग राख्ने अधिकारको सम्मान गर्ने भए पनि संस्थागत संवादका क्रममा मर्यादित र जिम्मेवार व्यवहारको अपेक्षा गरिएको बताएको छ ।

उक्त विज्ञप्तिमा प्रेस काउन्सिल नेपालका सदस्यहरू नम्रता शर्मा, रविराज बराल, उपासना घिमिरे र प्रकाशभक्त माथेमाले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal