काठमाडौँ । नेपाल एकायन कराते संघको आयोजनामा दुइ हप्ते उद्घोषण तथा समाचार लेखन तालिम सम्पन्न भएको छ ।

आज आयोजित समापन कार्यक्रममा काठमाडौँ महानगर पालिका १६ वडाका अध्क्षय् रोजिना श्रेष्ठले प्रशिक्षार्थिहरुलाई प्रमाणपत्र वितरण गर्नु भयो ।
सो क्रममा उनले महिला हरु घरमा मात्र सिमित हुने समय बात फेरिएर बर्तमान परिस्थितिमा बौद्धिक व्यक्तित्व तथा नेत्रत्व विकास हुने यस्ता तालिमले समाजमा सशक्त ढंगले अगाडी बढ्न मद्दत पुग्ने बताउनु भयो । शिप ज्ञान जति सिक्यो उत्तिनै व्यक्तित्व क्षमता बढ्दै जाने भएकोले शिक्षामा लगानी गर्नु पर्ने धारणा राख्नु भयो । वडा कार्यालयले छिट्टै कानुन सम्बन्धि ज्ञान र तालिम संचालन गर्न लागिएको उहाले जानकारी गराउनु भयो ।
महिला पुरुष गरि २३ जना मध्य अधिकांस महिला सहभागीहरुले आफुहरु यस्ता प्रशिक्षण लिन पाउदा निकै खुशी भएको अनुभव सुनाए ।

प्रशिक्षक् तथा नेपाल एकाएन कराते संघका सल्लाहाकार रमेश मुनिकारले प्रशिक्षार्थिहरुमा देखिएको उत्साहले भविष्यमा उहाहरुको मेहनतले समाजमा अगाडी बढ्न सहज हुने बिश्वास गर्दै शुभकामना दिनु भयो ।

कराते संघका सस्थापक अधक्षय् श्रीकृष्ण डंगोलले नेपाल एकाएन कराते संघले खेलकुदका गतिविधि मात्र सिमित नरही आगामी दिनमा अन्य बिषयमा पनि प्रशिक्षण कार्यक्रम संचालन गर्दै जाने बताउनु भयो।

यसै गरि संघका सल्लाहकार तथा मोर्डन नेवा : इन्ग्लिस स्कुलका निर्देशक दिपक महर्जनले प्रशिक्षार्थिहरुलाइ शुभकामना दिनु भयो ।
नेपाल एकाएन कराते संघले बिगत देखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल प्रतियोगिता समेत आयोजना गर्दै आएको छ।



बुद्धशरण शाही

