आज :

गुठी संस्थानविरुद्ध जनकपुरधाममा प्रदर्शन

  • अनलाइन डबली

जनकपुर । जनकपुरधाममा गुठी संस्थान विरुद्ध विरोध प्रदर्शन गरिएको छ । गुठी कुट्टी घरजग्गा व्यवस्थापन महासंघर्ष समितिले शुक्रबार गुठिसंस्थानसहित, सरकार र जनप्रतिनिधिविरुद्ध विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पनि बुझाएका छन् ।

सरकारले अतिक्रमणमुक्त अभियान सञ्चालनको नाममा पुस्तौपुस्तादेखि बस्दै आएको गुठी कुट्टिको जग्गाबाट हजारौं परिवारलाई उठिबास गराउन खोजेको महासंघर्ष समितिका अध्यक्ष सन्तोषकुमार साहले बताए ।

उनले जनकपुरधालगायतका क्षेत्रमा ३० हजारभन्दा बढी जनता गुठी र कुट्टीकै जग्गामा बसोबास गर्दै आएकाले सरकारले त्यस्ता जग्गालाई दस्तुर लिएर रैथानेनम्बरी जग्गाको रुपमा दिनुपर्ने आफूहरुको माग रहेको बताए ।

धनुषाकै अन्य पालिकाहरुमा अन्तिम एक महिनामा ५०० भन्दा बढि जनतालाई भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा उपलब्ध गराइएको छ । तर जनकपुरधाममा टार्गेट गरेर सरकारले उठिबास लगाउन खोजेको अध्यक्ष साहको आरोप छ ।

केही दिन अघि मात्र जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ मा डोजर चलाएर अतिक्रमणमुक्तको नाममा कयौं घर तोडिएको थियो । घर तोडिएकामध्ये एक जना महिला आफ्नो तीन महिनाको बालकलाई लिएर प्लास्टिकको छाना बनाएर बस्नुपरेको सुनाउँदै अध्यक्ष साहले उठिबास मात्र गर्ने कि पुनस्र्थापनाको जिम्मेजारी पनि लिने सरकार भनेर प्रश्न गरेका छन् ।

अध्यक्ष साहले सरकारको नीतिले जनकपुरधामनै सखाप हुने बताए । उनले सरकारविरुद्ध सशक्त प्रर्दशनमा उत्रने र त्यसबाट हुने जनधनको हानी नोक्सानीको जिम्मेवार स्वयम सरकार हुने चेतावनी दिए ।

संघर्ष समितिले धनुषा जिल्लाका प्रमुख प्रेमप्रसाद लुइँटेलमार्फत प्रधानमन्त्री कार्यालय, गुठी संस्थान, भूमि सुधार कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । विरोध प्रदर्शनमा ५०० भन्दा बढी सहभागी रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal