आज :

महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा

  • अनलाइन डबली

हेटौँडा । अविरल वर्षाका कारण मकवानपुरको मनहरी गाउँपालिका–अन्तर्गत रजैया क्षेत्रमा महेन्द्र राजमार्गमा पहिरो खसेको छ । वर्षा नरोकिएकाले उक्त क्षेत्रमा अझै पनि पहिरो खस्ने क्रम जारी रहेको जनाइएको छ।

पहिरोका कारण राजमार्गमा यात्रा गर्ने सवारीसाधन तथा यात्रुहरू जोखिममा पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । सडकको अवस्था बुझेर तथा सम्बन्धित निकायबाट जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री तथा ट्राफिक प्रहरी निरीक्षक राजु विष्ट सहितको टोली घटनास्थलमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता मदनकुमार काफ्लेले प्रहरी टोली घटनास्थलमा पुगेर सडकको अवस्थाबारे जानकारी लिइरहेको बताएका छन्।

अविरल वर्षाका कारण पहिरो खस्ने जोखिम कायमै रहेकाले मकवानपुर–महेन्द्र राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा चालकलाई विशेष सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal