आज :

बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सांसद झाले सरकारको ध्यानाकर्षण गराए

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बालबालिका पर्याप्त रूपमा सुरक्षित नरहेको जानकारी आफूले पाएको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले बाढीपीडितहरू विभिन्न स्थानमा सञ्चालन गरिएका क्याम्पमा बसिरहेको अवस्थामा महिला तथा बालबालिकाको सुरक्षा चुनौतीप्रति सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘अहिले बाढीपीडितहरू विभिन्न ठाउँको क्याम्पमा बसि राखेको ठाउँमा महिला र बालबालिका त्यति सुरक्षित छैन भन्ने कुरा सुनिन्छ । त्यसप्रति ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले उनीहरूको सुरक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले गत वर्ष चुनावी अभियानका क्रममा माघ ५ गते जनकपुरमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता व्यक्त गरिएको उल्लेख गरे । सोही प्रतिबद्धताअनुसार सरकारले जानकी मन्दिर क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा घोषणा गर्ने निर्णय गरेको भन्दै उनले सरकारप्रति आभार व्यक्त गरेका छन् ।

उनले भने, ‘गत वर्ष चुनावी अभियान सुरु गर्दै गर्दा जनकपुरमा माघ ५ गते जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचीकृत गराउने प्रतिबद्धता हामीले जाहिर गरेका थियौँ । त्यस प्रतिबद्धता अन्तर्गत अहिले जानकी मन्दिर क्षेत्रलाई संरक्षित प्रटिस्ठान क्षेत्रको रूपमा घोषणा गर्ने कार्यक्रम नेपाल सरकारबाट भएको छ । मन्त्रीपरिषद्बाट पाश भएको छ । त्यसप्रति आभार व्यक्त गर्दछु ।’

उनले पछिल्लो समय सरकारले निर्माण तथा पूर्वाधारका काममा देखाएको तदारुकताप्रति पनि कृतज्ञता व्यक्त गरे । साथै, कृष्णभिरको सडक १२ दिनमै सञ्चालनमा ल्याउन पहल गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सक्रियताको प्रशंसा समेत गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal