आज :

सहकारी क्षेत्रको समस्या समाधान गर्न नीति र कानुन संशोधन आवश्यक : खनाल

  • अनलाइन डबली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले सहकारी क्षेत्रका समस्या समाधान गर्न संविधानको मर्म र भावनाअनुसार नीति तथा कानुनमा सुधार गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘सहकारीमा ठगीको जालो’ को विमोचन कार्यक्रममा बोल्दै खनालले सहकारी क्षेत्र भ्रष्टाचार, ठगी तथा विकृति–विसंगतिका कारण प्रभावित बनेको बताए ।

उनले भने, ‘सहकारी सम्बन्धी विषयलाई ठोस रूपले नयाँ उचाइमा उठाउनका लागि यसका ऐनहरू पनि संशोधन गर्नुपर्नेछ । नीति र कानुन पनि बनाउनुपर्ने छ । यि दुई वटै विषयहरु एउटा नयाँ धरातलमा नपुर्याइ सहकारीलाई बलियो बनाउन सक्दैनौँ ।’

खनालले पुस्तकलाई समकालीन समयमा प्रकाशित महत्वपूर्ण कृतिका रूपमा उल्लेख गर्दै भट्टले गहिरो अध्ययन, अनुसन्धान र तर्कका आधारमा पुस्तक तयार गरेको बताए ।

उनले सहकारीलाई जनताको हित र सेवासँग जोडिएको संस्थाका रूपमा विकास गर्नुपर्ने बताए । सहकारीलाई नाफामुखी कम्पनीजस्तो बनाउने प्रवृत्तिले यसको मूल उद्देश्य कमजोर बनाएको उनको भनाइ थियो ।

खनालले नेपालमा सहकारी आन्दोलनको विकास भएपनि त्यसलाई संविधानको मर्मअनुसार प्रभावकारी रूपमा अघि बढाउन नसकिएको बताए ।

उनले संविधानले परिकल्पना गरेको राज्य, सहकारी र निजी क्षेत्रसहितको तीनखम्बे अर्थतन्त्रको अवधारणा कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

संविधानको भाग ४ मा राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू समेटिएको उल्लेख गर्दै उनले त्यसलाई सरकारले कार्यान्वयनमा प्राथमिकता नदिएको आरोप लगाए ।

सहकारी क्षेत्रमा देखिएको समस्या राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्र दुवैसँग जोडिएको खनालले बताए । राजनीतिक दलका नेतासँगै कर्मचारीतन्त्रका विभिन्न तहमा रहेका व्यक्तिहरूको संलग्नताले सहकारी क्षेत्रमा विकृति बढेको उनको दाबी थियो ।

उनले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न विद्यमान कानुनमा रहेका कमजोरी हटाउँदै नयाँ नीति र कानुन निर्माण गर्नुपर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal