आज :

भोटखोलाको सम्पदा र जनसरोकारको आवाज बुलन्द गर्न मिथुन चाङ्बाको नेतृत्वमा १३ सदस्यीय संघर्ष समिति गठन

  • अनलाइन डबली

संखुवासभा, भोटखोला । भोटखोला गाउँपालिकामा प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्दै स्थानीय जनसरोकारका विषयलाई प्रभावकारी रूपमा उठान गर्ने उद्देश्यले “सम्पदा संरक्षण तथा जनसरोकार संघर्ष समिति, भोटखोला, संखुवासभा” १३ सदस्यीय गठन गरिएको छ।

समितिको नेतृत्वमा मिथुन चाङ्बा भोटे रहनुभएको छ। समितिको वरिष्ठ उपाध्यक्षमा डुक्पा थिकेपा भोटे, उपाध्यक्षद्वयमा उत्तरमान राई र रिदर खम्बा भोटे, महासचिवमा लाक्पा आङजुक भोटे, सचिवमा नमयाङ भोटे तथा कोषाध्यक्षमा रिनजिन सेच्या भोटे चयन हुनुभएको छ।

त्यस्तै सदस्यहरूमा छेसिङ भोटे, डुबा भोटे, धेनडुब ठोमा भोटे, दावा दरग्याल भोटे र फुर्पु नाम्जा भोटे रहनुभएको छ। समितिले भोटखोलाका प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, स्थानीय जनताको अधिकार र सरोकारका विषयको उठान, वातावरण संरक्षण, विकास निर्माणमा स्थानीय सहभागिता तथा सार्वजनिक हितका सवालमा आवश्यक पहल र खबरदारी गर्ने जनाएको छ।

नवगठित संघर्ष समितिको पहिलो बैठक भोटखोला गाउँपालिका–३, हटियामा बस्ने र उक्त बैठकबाट आगामी कार्यदिशा, विभिन्न अभियान तथा कार्यक्रमहरूको कार्ययोजना निर्माण गरिने बताइएको छ। समितिले आगामी दिनमा स्थानीय समुदायसँग सहकार्य गर्दै सम्पदा संरक्षण र जनसरोकारका विषयमा विभिन्न अभियान, छलफल, अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम तथा आवश्यक खबरदारीका गतिविधिहरू सञ्चालन गर्ने जनाएको छ।

“हाम्रो सम्पदा, हाम्रो पहिचान र हाम्रो अधिकारको संरक्षणका लागि संगठित रूपमा अघि बढ्ने” उद्देश्यसहित गठन भएको समितिले भोटखोलाका महत्वपूर्ण सवालहरूलाई सम्बन्धित निकायसम्म पुर्याउँदै समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal