आज :

रसुवाका बाढीपीडितका लागि नवलपरासीबाट राहत सहयोग

  • अनलाइन डबली

नवलपरासी । राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ, नवलपरासी जिल्ला कार्यसमिति तथा जिल्लाका विभिन्न खानेपानी उपभोक्ता संस्थाहरूले रसुवा जिल्लाका बाढीपीडित तथा प्रभावित नागरिकका लागि राहतस्वरूप आर्थिक सहयोग संकलन गरेका छन्।

दुःखद् घडीमा रसुवाका प्रभावित नागरिकको खानेपानी व्यवस्थापनलाई निरन्तरता दिन देशभरबाट सहयोग जुटाउने अभियानअन्तर्गत नवलपरासी जिल्ला कार्यसमितिले पनि आफ्नो तर्फबाट सहयोग संकलन गरी आवश्यकताअनुसार खानेपानी व्यवस्थापनमा प्रयोग गरेको हो।

यस अभियानमा अध्यक्ष गुप्तबहादुर केसी लगायत विभिन्न व्यक्ति तथा खानेपानी उपभोक्ता संस्थाहरूले व्यक्तिगत तथा संस्थागत रूपमा आर्थिक सहयोग गरेका छन्। सहयोग गर्नेहरूको विवरण निम्नानुसार छ:

* अध्यक्ष गुप्तबहादुर केसी — रु. ५,५००
* मञ्जु क्षेत्री — रु. २,५००
* केशवकान्त न्यौपाने — रु. २,५००
* गणेश गुप्ता — रु. १५,११५
* कृष्ण क्षेत्री — रु. ५,५००
* तारा ब. पौडेल — रु. २,५००
* शान्ति पोखरेल — रु. २,००५
* राजेन्द्र शर्मा — रु. १,०००
* लोकेश्वर वैरागनाथ खानेपानी — रु. ११,१११
* दिनेश उपाध्याय, प्रदेश कोषाध्यक्ष — रु. ५,०००
* मोनिका क्षेत्री, प्रदेश सदस्य — रु. २,०००

जम्मा संकलित रकम: रु. ५४,२३१।

यसरी संकलित रकमलाई रसुवाका प्रभावित क्षेत्रमा आवश्यकताअनुसार खानेपानी व्यवस्थापन तथा राहत कार्यमा परिचालन गरिएको जनाइएको छ।

यस मानवीय अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, खानेपानी उपभोक्ता संस्था तथा सहयोगीहरूप्रति राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ, नवलपरासी जिल्ला कार्यसमितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

सहयोग संकलन तथा व्यवस्थापन कार्यलाई सहजीकरण गर्नुहुने राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका केन्द्रीय सदस्यद्वय दीपक लम्साल र दीपक पौडेलप्रति पनि विशेष आभार व्यक्त गरिएको छ।

दुःखको समयमा पीडित नागरिकको साथमा उभिँदै व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरू धन्यवादका पात्र रहेको महासंघले जनाएको छ।

गुप्तबहादुर केसी
अध्यक्ष
राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ
नवलपरासी जिल्ला कार्यसमिति

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal