काठमाडौं । निजामती कर्मचारी अस्पताललाई देशकै उत्कृष्ट विशिष्टीकृत अस्पतालका रूपमा विकास गर्ने उद्देश्यसहित प्रवेश गरेका प्रा.डा.विधान निधि पौडेलले आफ्नो चार वर्षीय कार्यकालमा धेरै लक्ष्यहरु पूरा गरेका थिए ।
अस्पताल प्रशासनले सेवा विस्तार, पूर्वाधार विकास, कर्मचारी व्यवस्थापन तथा आर्थिक सुधारका क्षेत्रमा उल्लेखनीय काम गरेको दबी गरेका छन् ।
उनले पछिल्ला वर्षहरूमा अस्पताललाई सेवाको रोजाइमा पर्ने संस्थाका रूपमा विकास गर्न विभिन्न संरचनागत सुधार गर्न सफल रहेका थिए । अस्पताललाई त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल तथा पाटन अस्पतालसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पु¥याउने लक्ष्यका साथ सेवा विस्तार, व्यवस्थापन सुधार र जनशक्ति सुदृढीकरणमा विशेष ध्यान दिदै करिब सो लक्ष्य पूरा पनि गरेका थिए ।
कर्मचारी व्यवस्थापनतर्फ लामो समयदेखि करारमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको समस्या समाधान गर्दै कानुनी प्रक्रियाअनुसार स्थायी व्यवस्थापन गर्नसमेत सफल रहे । साथै कर्मचारीहरूको तलब–भत्तामा रहेको असमानता हटाई नेपाल सरकारका कर्मचारीसरह सुविधा उपलब्ध गराउने कार्यलाई पनि महत्वपूर्ण उपलब्धि हासिल गरेका थिए ।

अस्पतालको आर्थिक अवस्था सुधार गर्दै नाफामुखी सञ्चालन गर्न सफल भए, त्यसबाट चिकित्सकलाई ७५ प्रतिशत तथा अन्य कर्मचारीलाई ५० प्रतिशत अतिरिक्त भत्ता उपलब्ध गराएर कर्मचारीलाई हौसला बढाएका थिए । जसले गर्दा कर्मचारीको मनोबल वृद्धि हुनुका साथै अस्पतालमा दक्ष जनशक्ति टिकाइ राख्न सहयोग पुगेको थियो ।
कोभिड–१९ महामारीका बेला अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरेको दिनको घाम जस्तैः छर्लङ्ग नै छ, कोभिडको पहिलो लहरपछि अस्पताललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याई कोभिड तथा गैर–कोभिड बिरामीको उपचारलाई निरन्तरता दिइएको थियो ।
साथै ५० शय्याको आइसोलेसन सुविधा निर्माण गरी सञ्चालनमा ल्याइएको तथा आईसीयू, एचडीयू लगायतका सेवा विस्तार गरिएको अस्पताल व्यवस्थापनले जनाएको थियो ।अस्पताललाई आगामी दिनमा अझ प्रभावकारी, सेवामुखी र नागरिकको विश्वास जित्ने स्वास्थ्य संस्थाका रूपमा विकास गर्न त्यसलाई निरन्तरता पनि दिनुपर्छ ।
सिभिल सर्भिस अस्पतालका कार्यकारी निर्देशक (मार्च २०२१–मार्च २०२५)।
- दुर्गम क्षेत्रमा स्वास्थ्य सहायकबाट सेवा सुरु गर्दै ग्यास्ट्रोएन्टेरोलोजी विशेषज्ञका रूपमा स्थापित।
- बिरामी उपचार, चिकित्सा शिक्षा, अस्पताल व्यवस्थापन तथा स्वास्थ्य नीति निर्माणमा उल्लेखनीय योगदान।
- कोभिड–१९ महामारीका बेला दैनिक ‘मर्निङ क्लिनिकल कन्फरेन्स’को सुरुआत, जुन हालसम्म निरन्तर सञ्चालनमा।
- कोभिड तथा गैर–कोभिड बिरामीको उपचार व्यवस्थापन सुदृढ गर्दै अस्पतालमा खोप केन्द्र स्थापना।
- लोक सेवा आयोगमार्फत करार कर्मचारीलाई स्थायी गर्ने तथा नयाँ स्थायी कर्मचारी भर्ना प्रक्रिया सम्पन्न।
- चिकित्सक तथा कर्मचारीको सेवा–सुविधा सुधार तथा अतिरिक्त भत्ता व्यवस्था लागू।
- लामो समयदेखि जारी कर्मचारी आन्दोलनको सफल समाधान।
- ICU, NICU र PICU सेवाको विस्तार।
- न्युरोलोजी, नेफ्रोलोजी, डायलाइसिस, CTVS, नेत्ररोग, इन्डोक्राइनोलोजी तथा TCM लगायत नयाँ विभाग स्थापना।
- ३ टेस्ला एमआरआई, लिन्याक रेडियोथेरापी, थ्री–डी म्यामोग्राफी, BMD परीक्षण, उन्नत माइक्रोबायोलोजी प्रयोगशाला, डिजिटल इमेजिङ तथा 3D/4K अपरेशन थिएटरजस्ता अत्याधुनिक सेवा सञ्चालन।
- OPD, एन्डोस्कोपी तथा थेराप्युटिक एन्डोस्कोपी सेवाको विस्तार गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा योगदान।
- हाल पनि बिरामी उपचार, चिकित्सक तथा स्वास्थ्यकर्मीको क्षमता विकास र नेपालको स्वास्थ्य सेवा प्रणाली सुधारमा सक्रिय योगदान।


धनन्जय बुढा



