आज :

पीएल सिंह मेमोरियल टी-२० को आठौँ र नवौँ खेलमा पोखरा र वीरगन्ज महानगरपालिका विजयी

  • अनलाइन डबली

काठमाडौं । पीएल सिंह मेमोरियल टी-२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलमा पोखरा महानगरपालिका र वीरगन्ज महानगरपालिका विजयी भएको छ ।

राजधानीको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पीएल सिंह मेमोरियल टी-२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलहरूमा पोखरा महानगरपालिका र वीरगन्ज महानगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै जित दर्ता गरेका हो ।

प्रतियोगिताको आठौँ खेलमा पोखरा महानगरले भरतपुर महानगरमाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ । खेलमा भरतपुर महानगरपालिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । पहिले ब्याटिङ गरेको भरतपुरले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो ।

भरतपुरका लागि ओपनर शुभ कंसाकारले २२ बलमा ३० रनको सर्वाधिक योगदान दिनुभयो । सूर्यन्शु कोइराला, गौतम केसी र योगेश बहादुर भाटले समान १७९१७ रन जोड्नुभयो । पोखराका बलर सुदिप अर्यालले २, अपराजित पौडेलले २, कृष्ण पौडेलले २ र सुवास भण्डारीले २ विकेट लिँदै भरतपुरको ब्याटिङ लाइनअपलाई सस्तैमा समेटे ।

१२४ रनको विजयी लक्ष्य पछ्याएको पोखरा महानगरपालिकाले १८.१ ओभरमा ४ विकेट गुमाउँदै १२९ रन बनाएर लक्ष्य सहजै पूरा ग¥यो । पोखराको जितमा मुस्कान थापा मगरले उत्कृष्ट इनिङ खेल्दै ४६ बलमा अविजित ५१ रनको अर्धशतकीय योगदान दिए ।

प्रतियोगिताको नवौँ खेलमा वीरगन्ज महानगरले विराटनगर महानगरलाई ५८ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ ।

खेलमा वीरगन्ज महानगरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रनको चुनौतीपूर्ण योगफल खडा ग¥यो । वीरगन्जका लागि अलराउन्डर पवन सर्राफले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा ६३ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्नुभयो भने अनिल कुमार साहले १७ रन बनाए । विराटनगरका बलर प्रतिक पोखरेल र दिपेश कँडेलले समान २९२ विकेट लिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal