काठमाडौँ । ‘चोक्टा खान गएकी बुढी झोलमा डुबी’ यो नेपाली उखान अहिले अमेरिकाको हकमा लागु भएको छ । इरानमाथि पूर्ण जितको योजनासहित युद्धमा होमिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः खाली हात फर्किन बाध्य भएका छन् ।
तीन महिनासम्मको युद्धमा अमेरिकाले कल्पना नगरेको क्षति बेहोरेको छ । मध्यपूर्वमा भएका सबै अमेरिकी बेस तहसनहस भएका छन् । अमेरिकाले उन्नत दाबी गरिएका एफ–१६, एफ – ३५, अपाचे हेलिकोप्टर, एमक्यू ड्रोन इरानी सेनाले सजिलै खसाल्यो । यतिमात्रै होइन पेट्रिएट, थार्ड जस्ता एयरडिफेन्स सिस्टम पनि इरानी मिसाइलको अगाडि नकाम सावित भए ।
यो समाचार तयार पार्दासम्म पनि हर्मुजमाथिको इरानी नियन्त्रण कायम नै छ । यो जलमार्गबाट इरानीको अनुमतिविना कुनै पनि जहाज अगाडि बढ्न सक्दैनन् ।
आफ्नो मिसन पूरा नहुने देखेपछि जितको हल्ला चलाउँदै अमेरिकी ट्रम्प घुडा टेक्न बाध्य भएका छन् । इरानी सभ्याता नष्ट गरिदिने घोषणा गरेका ट्रम्प इरानको एजेण्डमा सहमति जनाउँदै युद्ध रोक्न सहमति भएका छन् ।
अमेरिकी सेनाका ६० वटा फाइटर जेट, हेलिकोप्टर तेल भर्न प्रयोग गरिने जहाज ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
युद्धविराममा अल्झाएर हमला गरेर इरानलाई थकाउने योजना पनि सफल नभएपछि अन्ततः ट्रम्प सहमतिको बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय मामिलाका जानकारले बताइरहेका छन् ।
इरानलाई चौतर्फी नाकाबन्दीबाट समेत गलाउन नसकेका ट्रम्पले आइतबार युद्ध अन्त्य गर्ने सहमतिमा पुगेका छन् ।सहमतिअनुसार अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुनः खुला गरिनेछ ।
ट्रम्पले पहिलोपटक इरानलाई सम्मानजनक शब्द प्रयोग पनि गरेका छन् । स्थानीय समयअनुसार आइतबार साँझ साढे ५ बजे ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेखे, ‘इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूरा भएको छ ।’ सम्झौताका बुँदाहरु सार्वजनिक नगरिएपनि आणविक, क्षेप्यास्त्र विकास कार्यक्रमबारे यसअघिको आफ्नो अडानबाट ट्रम्प पछि हटेका छन् । त्यस्तै, लेवनान, गाजामा पनि इजरायली हमला रोक्ने पनि सहमतिमा उल्लेख भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यसैबिच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले एक विज्ञप्ति जारी गर्दै लेबनानसहित सबै मोर्चाहरूमा सोमबार रातिदेखि युद्ध र सैन्य कारबाही स्थायी रूपमा अन्त्य हुने जनाएको छ ।
यो सम्झौतामा शुक्रबार मात्रै हस्ताक्षर हुने बताइएको छ ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायली सेनाले इरानमाथि पहिलो आक्रमण गरेर सर्वोच्च नेता आयतुल्हा अलि खामेनीलगायत शिर्ष नेता र कमाण्डरको हत्या गरेको थियो । इरानले पनि त्यसको जवाफी कारवाही सुरु गरेको थियो ।


अनलाइन डबली

