आज :

फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा पाँच जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौं । फिलिपिन्सको दक्षिणी टापु मिन्दानाओ क्षेत्रमा सोमबार बिहान शक्तिशाली ७.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार जनरल सान्तोस सिटीका विपद् व्यवस्थापन प्रमुख अग्रिपिनो डासेराले भूकम्पका कारण मृत्यु हुनेको संख्या र क्षतिको पूर्ण विवरण संकलन भइरहेको बताएका छन् ।

भूकम्पपछि फिलिपिन्सको सामाजिक कल्याण तथा विकास विभागले प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्य तीव्र पार्न स्थानीय तहहरूसँग समन्वय गर्न निर्देशन दिएको छ । विभागका अनुसार मिन्दानाओ क्षेत्रमा प्रभावित परिवारका लागि १० लाखभन्दा बढी खाद्य सहायता प्याकेट तयारी अवस्थामा राखिएको छ ।

विभागले देशभर करिब ४.७ मिलियन खाद्य सहायता प्याकेट पूर्वतयारी अवस्थामा रहेको र आवश्यक परे तत्काल वितरण गर्न सकिने जनाएको छ । द्रुत प्रतिक्रिया टोलीहरू समेत उच्च सतर्कतामा राखिएको छ ।

फिलिपिन्सका राष्ट्रपति फेरडिनान्ड मार्कोसले भूकम्पलगत्तै आपत्कालीन निकायहरू परिचालन गरिएको जानकारी दिएका छन् । नागरिक सुरक्षा कार्यालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्लाई सक्रिय बनाइएको उनले बताएका छन् ।

यसैबीच, सुनामीको जोखिमलाई ध्यानमा राख्दै सराङ्गानी, दाभाओ ओक्सिडेन्टल, तावी–तावी र सुलु लगायत नौ प्रान्तका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

इन्डोनेसियाका केही उत्तरी क्षेत्रहरूमा समेत उच्च स्थानमा सर्न निर्देशन दिइएको छ । जापान, फिलिपिन्स र इन्डोनेसियाले समुद्री छालाको जोखिमबारे चेतावनी जारी गर्दै तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् ।

अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रले फिलिपिन्सका केही तटीय क्षेत्रमा चार मिटरसम्म अग्ला छालाहरू आउन सक्ने जनाएको छ भने इन्डोनेसिया र मलेसियाका केही भागमा एक मिटरसम्मका छालाहरू सम्भावित रहेको बताएको छ । अधिकारीहरूले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षतिको मूल्याङ्कन कार्य जारी रहेको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal