आज :

भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

  • अनलाइन डबली

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

भारत भ्रमणका क्रममा उनले दुई देशबीच आपसी हितका विषयमा सम्बन्धलाई थप मजबुत बनाउन नेपाल प्रतिबद्ध रहेको बताउँदै, अझै समाधान हुन बाँकी रहेका सीमा र सीमांकनका विषयहरू खुला संवाद र स्थापित द्विपक्षीय संयन्त्रमार्फत अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामी आपसी हितका विषयमा सम्बन्ध निर्माण गर्न चाहन्छौँ । हामीबीच केही मुद्दाहरू छन् भन्ने कुरा म स्वीकार गर्छु । सीमा र सीमांकनसँग सम्बन्धित बाँकी रहेका विषयहरू कूटनीतिक संवादमार्फत समाधान गर्न सकिन्छ र गर्नुपर्छ ।’

खनालले नेपाल र भारतबीच यस्ता विषय समाधानका लागि विभिन्न संयन्त्रहरू पहिल्यैदेखि रहेको उल्लेख गर्दै, प्राविधिक तहको संयुक्त फिल्ड सर्भे टोली अहिले सीमाक्षेत्रमा संयुक्त रूपमा काम गरिरहेको जानकारी दिए । साथै, भारतका विदेशमन्त्रीसँग भएको छलफलमा ती सबै संयन्त्रलाई पुनः सक्रिय बनाउने सहमति भएको पनि उनले बताए ।

उनका अनुसार, ‘हामीले हिजोको छलफलमा सबै संयन्त्रहरू सक्रिय बनाउने सहमति गरेका छौँ, ताकि खुलापन र संवादका माध्यमबाट विद्यमान समस्याहरू समाधान गर्न सकियोस् ।’ परराष्ट्रमन्त्री खनालको अभिव्यक्तिलाई नेपाल–भारत सम्बन्धलाई आपसी विश्वास, संवाद र सहकार्यका आधारमा नयाँ ढंगले अघि बढाउने नेपालको संकेतका रूपमा हेरिएको छ । एएनआई

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal