आज :

हिरासतमा पूर्व गृहमन्त्री सुदन गुरुङद्वारा दुव्र्यवहार भएको आरोप, छानबिनको माग

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रियताको पक्षमा भारतीय दूतावास नजिक शान्तिपूर्ण रूपमा पम्पलेट प्रदर्शन गर्न पुगेका युवाले आफूहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि पूर्व गृहमन्त्री सुदन गुरुङले हिरासतमै धम्की दिएको आरोप लगाएका छन् । विहिवार राष्ट्रिय जेनजी नागरिक अभियानले सुदन गुरुलेले हिरासतमै प्रवेश गरी दुव्र्यवहार, धम्की तथा राजनीतिक दबाब दिएको आरोप लगाउँदै छानविनको मागसमेत गरेको छ ।

अभियानका संयोजक सुनिल सिंह र सह–संयोजक अजय सोडारीद्वारा जारी विज्ञप्तिमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको विषयमा आफ्नो संवैधानिक अभिव्यक्ति प्रकट गर्न भारतीय दूतावास क्षेत्रमा पुगेको र त्यहीँबाटै युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिई काठमाडौं प्रहरी वृत्त जनसेवाको हिरासतमा राखेको जनाएका छन् ।

विज्ञप्तिअनुसार हिरासतमा राखिएको करिब एक घण्टापछि पूर्व गृहमन्त्री तथा वर्तमान सांसद सुदन गुरुङ दलबलसहित हिरासत कक्षमा प्रवेश गरी युवाहरूमाथि अपमानजनक तथा दबाबपूर्ण व्यवहार गरेका थिए । उनले “तिमीहरू को हौ ?”, “कसको इसारामा हिँड्छौ?”, “यो अन्तिम मौका हो” र “सरकारविरुद्ध बोल्न बन्द गर्नु” जस्ता अभिव्यक्ति दिँदै मानसिक दबाब सिर्जना गर्ने प्रयास गरेको आरोप विज्ञप्तिमा गरिएको छ ।

पीडित पक्षले गुरुङले नेपालको राष्ट्रिय स्वाभिमानसँग सम्बन्धित विषयमा समेत अवहेलनापूर्ण टिप्पणी गरेको दाबी गरेका छन् । प्रहरी हिरासतमा रहेका नागरिकसँग कुनै प्रभावशाली राजनीतिक व्यक्तिले प्रत्यक्ष रूपमा यस्तो व्यवहार गर्नु कानुनी शासन, नागरिक स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उनीहरूको भनाइ छ ।

विज्ञप्तिमा हिरासत अवधिभर पर्याप्त खाना र पिउने पानीसमेत उपलब्ध नगराइएको उल्लेख गर्दै मानवअधिकार उल्लंघन भएको दाबी गरिएको छ । यस घटनाले प्रहरी प्रशासनमाथि राजनीतिक प्रभाव र दबाब रहेको आशंका थप बलियो बनाएको उनीहरूको भनाइ छ ।

युवाहरूले घटनाको निष्पक्ष छानबिन, हिरासतमा भएको भनिएको राजनीतिक हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न, मानवअधिकार उल्लंघनमा संलग्नमाथि कारबाही गर्न तथा भविष्यमा प्रहरी प्रशासनको राजनीतिक दुरुपयोग रोक्न आवश्यक व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

साथै, शान्तिपूर्ण अभिव्यक्ति र लोकतान्त्रिक अधिकारको सम्मान सुनिश्चित गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिनुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal