
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा सक्रिय कलाकार बिनिता कार्की अहिले फिल्म ‘पीआर’ मार्फत चर्चामा छिन् । मोडलिङबाट सुरु भएको उनको यात्रा अहिले अभिनयतर्फ केन्द्रित हुँदै नेपाली फिल्म उद्योग सम्म आइपुगेको छ ।
अष्ट्रेलियामा रहेका नेपाली युवाहरुको कथा बोकेको फिल्म ‘पीआर’ ले दर्शकको राम्रो ध्यान खिचेको छ । बिनिता कार्कीले यस फिल्मले प्रवासमा रहेका नेपाली युवाको जीवन, संघर्ष र सपनालाई वास्तविक रूपमा प्रस्तुत गरेको बताएकी छिन् ।
रेखा थापा, झरना थापा र निरुता सिंहजस्ता कलाकारबाट प्रभावित हुँदै हुर्किएकी उनले सानैदेखि अभिनेत्री बन्ने सपना देखेकी थिइन् । शोभित बस्नेत निर्देशित ‘पीआर’ फिल्ममा मुख्य भूमिकामा काम गर्न पाउँदा निकै खुशी लागेको उनले बताईन् ।


अनलाइन डबली




