
काठमाडौं । अभिनेता दीपकराज गिरीले आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन सुरु गर्ने भएका छन् । सूर्यविनायकस्थित गणेश मन्दिरमा ‘छ माया छपक्कै २’ को शुभमुहूर्त गरिएको हो । फिल्मको छायांकन भने वैशाख १८ गतेदेखि सुरू हुनेछ ।
२०७६ सालको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ को सिक्वेलको काम औपचारिक रूपमा अगाडि बढेको हो । पहिलो श्रृंखलाकै टिमले ‘छ माया छपक्कै २’ निर्माण गर्न लागेको हो ।
फिल्ममा निर्देशक दीपेन्द्र लामाले नै निर्देशन गर्नेछन् । मुख्य भूमिकामा दीपकराज गिरी र केकी अधिकारी दोहोरिएका छन् ।
यसपटक मोडल तथा अभिनेत्री सनिशा भट्टराई पनि शीर्ष भूमिकामा देखिने भएकी छन् । ‘१२ गाउँ’ र ‘नरसिंहा अवतार’ मा अभिनय गरिसकेकी उनको यो तेस्रो फिल्म हुनेछ ।


अनलाइन डबली




