आज :

जेनजीले भनेः २४ घण्टाभित्र गृहमन्त्रीले राजिनामा नदिए संघर्षमा उत्रिन्छौं

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले गृहमन्त्री सुधन गुरुङले २४ घण्टाभित्र राजिनामा नदिए सडक संघर्षमा उत्रने चेतावनी दिएको छ । मंगलबार राजधनीको संवाद डबलीमा कार्यक्रम गरेर गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेकोले तत्काल राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग राखेको छ ।

अभियानका संयोजक सुनिल सिंहले गृहमन्त्रीले तत्काल राजिनामा दिनु उचित हुने बताए । जेनजीको संघर्षलाई हाइज्याक गरेर २ तिहाई ल्याएर जेनजीलाई नै अपमान गरिरहेको सिंहले जिकिर गरे । “यसअघि दिपककुमार साहलाई स्पष्टीकरण दिने अवसरसमेत नदिएको अवस्थामा अहिले गृहमन्त्री सुधन गुरुङप्रति फरक मापदण्ड अपनाइएको देखिनु न्याय र समानताको दृष्टिले गम्भीर प्रश्न हो” सिंहले भने ।
सस्तो लोकप्रियताबाट उदाएको रास्वपा सरकार सिंगो देशका निम्ति घातक बन्न थालेको बताउँदै सिंहले भने,“स्टन्टबाजहरुले जतिसुकै नाटक गरे पनि उनिहरुका गलत हर्कतहरुको कारण एकदिन आफै सडकमा पछारिने निश्चित छ ।”

अभियानका सह–संयोजक अजय सोडारीले गृहमन्त्रीले तत्काल राजिनामा गर्नु पर्ने माग गरे । “हिजो राजनीतिमा हुँदा ‘देशमा केही भएन, गरिखान गाह्रो भयो’ भन्नेहरू आज एकाएक करोडौंका मालिक बनेर देखिनु आफैंमा प्रश्न उठाउने विषय हो”सोडारीले भने ।

सोडारीले प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ र उनका साथीहरूले ‘नेपो किड’ विरुद्ध आन्दोलन गरेको तर आज उनिहरु आफै त्यही प्रवृत्तिका प्रतिनिधि देखिएको आरोप लगाए । उनले थपे,“गरिबीको पक्षमा बोलेर आएका उहाँहरु आज गरिबलाई नै होच्याउने अवस्थामा पुग्नु भएको छ, जुन हास्यास्पद विषय हो ।”

अभियानका सचिव प्रकाश बमले भदौ २३ र २४ गतेको आन्दोलनको बलबाट आएको सरकारका गृहमन्त्रीले आफैमाथि प्रश्न उठ्दा तत्काल राजिनामा दिएर सहज गर्नु पर्ने बताए । तत्कालिन गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न उठेपछि राजिनामा दिएको घटनाको स्मरण गराउँदै बमले भने,“यत्रो शक्तिशाली गृहमन्त्रीले आफ्ना कर्तुतको ढाकछोप गर्नुले रास्वपामाथि नै प्रश्न उठ्दैन र ?”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal