आज :

वर्षाका कारण नेपाल र युएईबीच जारी खेल बीचमै रोकियो

  • अनलाइन डबली

काठमाडौं । वर्षाका कारण नेपाल र युएईबीच जारी टी–२० खेल बीचमै रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १९औं ओभर चलिरहेका बेला वर्षा सुरु भएपछि खेल रोक्नुपर्ने अवस्था आएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभर ५ बलमा ८ विकेटको क्षतिमा १२२ रन जोडेको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा मैदान उत्रिएको नेपाली टोलीले मध्यम सुरुवातलाई अन्त्यतिर सम्हाल्ने प्रयास गरे पनि लगातार विकेट गुमाएको थियो।

यो खेल नेपाल र युएईबीच लामो समयपछि भएको टी–२० भिडन्त हो। सन् २०२५ को अक्टोबरपछि पहिलो भेट भएको यस प्रतिस्पर्धालाई दुवै टोलीका लागि महत्त्वपूर्ण पुनरागमन खेलका रूपमा हेरिएको थियो।

यसअघि ओमानमा भएको टी–२० विश्वकप छनोट खेलमा नेपालले युएईलाई १ रनको रोमाञ्चक जित दिलाएको थियो। सन् २०२३ यता भएका पाँच भेटमध्ये नेपालले तीन खेल जित्दा युएईले दुई खेलमा सफलता हात पारेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal