आज :

आज प्रतिनिसभा बैठक बस्दै, संसदीय समितिका सभापतिको चयन प्रक्रिया पनि सुरु

  • अनलाइन डबली

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।

बैठक बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बस्ने भएको हो ।

बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी आज संसदका तीनवटा समितिको बैठक आज बस्दैछ । सबै बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक संघीय संसद सचिवालयमा बस्नेछ । बैठकमा समितिको सभापति निर्वाचन सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ ।

त्यस्तै, सिंहदरबार स्थित संसद भवन नं २ मा बस्ने अर्को बैठक समितीका ज्येष्ठ सदस्य कृष्ण प्रसाद सिटौलाको अध्यक्षतामा सञ्चालन हुनेछ । उक्त बैठकमा नयाँ माननीय सदस्यहरूको स्वागत, सभापति निर्वाचन तथा विविध विषयमा छलफल गरिने जनाइएको छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति को ३२४औँ बैठक पनि आजै बस्दैछ । बैठकमा समितिको सभापति निर्वाचन र अन्य विविध विषयमा छलफल हुनेछ । उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को बैठक पनि दिउँसो १ बजे नै बस्नेछ ।

बैठकमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० को उपनियम ९१०० बमोजिम रिक्त रहेको सभापति पदको निर्वाचन, नयाँ सदस्यहरूको स्वागत तथा अन्य विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal