आज :

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

  • अनलाइन डबली

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गरेका छन् ।

आइतबार कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान र कानुनमन्त्री सोविता गौतमबाट उनले सपथ ग्रहण गरेपछि पदबहाली गर्दै नेपालको फौजदारी न्याय प्रणालीको विकासमा योगदान दिने प्रतिबद्धता जनाए ।

कँडेलले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै भने, ‘महान्यायाधिवक्ताको कार्यालयको प्रभुत्वसँग काम गर्ने अवसरको लागि सौभाग्य सम्झेको छु । हामी यो प्रभुत्व वर्गसँग मिलेर काम गर्दाखेरी नेपालको फौजदारी न्यायप्रणालीको विकासमा योगदान गर्न सकिन्छ भन्ने मलाई विश्वास लागेको छ।’

उनले संविधान र कानुनले निर्दिष्ट गरेको सीमाभित्र रही नेपाल सरकारलाई उपयुक्त कानुनी राय–सल्लाह प्रदान गर्ने र अभियोजन कार्यलाई वस्तुनिष्ठ तथा प्रभावकारी बनाउने बताए।

साथै, नेपाल सरकारविरुद्धका मुद्दाहरूमा पनि प्रभावकारी प्रतिरक्षा गरिने उनको भनाइ छ।
‘नेपाल सरकारलाई संविधान र कानुनले निर्दिष्ट गरेको सिमाभित्र रहेर उपयुक्त राय सल्लाह दिने काम गर्छौ र मेरो कार्यकालमा पनि त्यही हुने छ । हामीले फौजकारी कसुरमा अभियोग गर्नेक्रममा हामीले बस्तुनिष्ट भएर प्रभावकारीरुपमा अभियोजन गर्छौ । नेपाल सरकारका विरुद्ध लगाएका मुद्धाहरु पनि प्रभावकारीरुपमा प्रतिरक्षा गर्छौ,’ उनले भने ।

प्रधानमन्त्री बालेन्द्र शाह आज नै अधिवक्ता कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

बेलायतबाट उच्च शिक्षा हासिल गरेका कँडेल नेपाल सरकारका प्रमुख कानुनी सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal