काठमाडौं । नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले सदन प्रतिपक्षकै हुनुपर्ने पर्छ भन्ने कुरामा आफूले बुझेको बताएका छन् ।
पदवहालीपछि संचारकर्मीसँग कुरा गर्दै सभामुख अर्यालले, ‘प्रतिपक्षमा एकजना मात्रै भएपनि बलियो हुन्छ, सदन भनेको प्रतिपक्षकै हुनुपर्छ भन्ने कुरालाई मैले बुझेको छु ।’
यसपालिको चुनाव विशेष भएको भन्दै बलियो प्रतिपक्ष भनेको जनता भएको बताउँदै सभामुख अर्यालले भने, ‘२०८२ को यस वर्षको निर्वाचन विशेष निर्वाचन हो । विगतमा भएका कयौं निर्वाचन र भविष्यको निर्वाचन भन्दा यो फरक हो । अहिलेको संसद म्यान्डेटबाट आएको हो ।’
सभामुख अर्यालले नीति नियमहरु राम्रो बनाउने कुरामा अग्रसर हुने बताउँदै प्रतिपक्षले उठाएको विषय राम्रोसँग प्रस्तुत हुनेपनि प्रतिपद्धता समेत जनाए ।


अनलाइन डबली



