आज :

काठमाडौं महानगर २७ द्वारा युवालाई सीप अभिवृद्धि तथा रोजगारी तालिम, ६१ जनालाई प्रमाणपत्र वितरण

  • बुद्धशरण शाही

काठमाडौं । काठमाडौं महानगरपालिका-२७ ले नवयुवाको सीप अभिवृद्धि तथा रोजगारी उन्मुख बनाउने उद्देश्यले विभिन्न प्रविधिमैत्री तालिम सञ्चालन गरेको थियो । ‘ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, डेभप्स र एआइ फर एभ्रिवन’ विषयमा सञ्चालन गरिएको उक्त तालिमका सहभागीलाई शनिबार आयोजित समापन कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो ।

समापन समारोहलाई सम्बोधन गर्दै वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले वर्तमान समय प्रविधिको युग भएकाले युवालाई सोहीअनुसारको सीप प्रदान गर्न आवश्यक रहेको बताए । उनले वडाले तालिम प्रदान गरेर मात्रै नछाड्ने, तालिमप्राप्त युवाहरूलाई पुनः समेट्दै तालिमको प्रभावकारिता, व्यवहारिक उपयोगिता तथा आगामी आवश्यकताबारे छलफल गर्ने योजना रहेको समेत जानकारी दिए ।

साथै, वडाले युवा मात्र नभई विभिन्न उमेर समूहका नागरिकलाई लक्षित गरी विविध तालिम सञ्चालन गर्दै आएको र कपाल काट्ने तालिमलाई सीटीईभीटी बाट मान्यता दिलाउने प्रयास भइरहेको खड्गीको भनाइ थियो ।

वडा सदस्य तथा तालिम संयोजक सृष्टि कंसाकरले युवालाई प्रविधिमैत्री बनाउँदै व्यवहारिक सीपमार्फत रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । डिजिटल क्षेत्रमा प्रशस्त अवसर भए पनि तालिमको अभावले पहुँच कठिन हुने अवस्थालाई न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको उनको भनाइ थियो ।

कार्यक्रममा ‘एआइ फर एभ्रिवन’ का प्रशिक्षक उदितकुमार महतोले स्थानीय सरकारले युवाको आवश्यकता पहिचान गरी सीपमूलक तालिम सञ्चालन गर्नु सकारात्मक पहल भएको उल्लेख गर्दै यसले नागरिकप्रति जनप्रतिनिधिको जवाफदेहिता झल्काउने बताए ।

तालिमका सहभागीहरू बरदा तुलाधर, दीपा पण्डित र अदिश्री श्रेष्ठले तालिमबाट प्राप्त ज्ञान तथा अनुभव उपयोगी भएको बताउँदै आफ्नो रुचिअनुसारको तालिम उपलब्ध गराएकोमा वडा कार्यालयप्रति आभार व्यक्त गरेका थिए ।

वडाका अनुसार ग्राफिक डिजाइनमा १६ जना, डिजिटल मार्केटिङमा २१ जना, एआइ फर एभ्रिवनमा १८ जना र डेभप्समा ६ जना गरी कुल ६१ जनाले तालिम लिएका थिए । समापन कार्यक्रममा वडा सदस्यहरू दिनेश श्रेष्ठ, धर्म प्रजापति, प्रभा श्रेष्ठलगायत प्रशिक्षार्थीका अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal