

बरिष्ठ हास्यकलाकार मदन कृष्ण श्रेष्ठले कार्यक्रमको उत्घाटन गर्नु भयो। हुन्दु , बौद्ध , इस्लाम , इसाई लगाएत सबै धर्ममा दान धर्म , पुन्य गर्नु पर्ने र मानब धर्म भएको हुनाले यस्तो मन हुनेहरुको सहयोगले नै आज यो अभियान यहा सम्म आउँ सफल भएको बताउनु भयो ।

युवा नेत्र सेवाका अध्यक्ष बरिष्ठ नेत्र रोग बिशेसज्ञ डा सिद्धार्थ रञ्जितले कार्यक्रममा बोल्दै “एक कप चिया दान” का सदस्यहरु १७ वटा राष्ट्रहरुमा फैलिएको बताए भने आजीवन सदस्य १ सय ६२ जना र २ सय तीन जना साधारण सदस्य गरी ४ सय ८ जना रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष रञ्जितले प्रमुख अतिथि र अतिथि द्वयलाई मायाको चिन्ह प्रदान गरे । “एक कप चिया दान”का सम्पूर्ण आजीवन सदस्य र साधारण सदस्यहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो ।

तीन दशक अगाडि स्थापना भएको युवा नेत्र सेवाले दैनिक एक कप चिया बराबरको रकम दान दिएर सुरुवात गरिएको “एक कप चिया अभियान” अभियानमा हाल विश्वका १७ वटा बिभिन्न देश हरुमा सदस्य सहित ४ सय ५० बढी सदस्य र १ सय बढी देश बिदेशका आजीवन सदस्य रहेका छन्।
सो अवसरमा २६ जनालाइ निशुल्क मोतीबिन्दुको शल्य क्रियाका साथ निशुल्क चस्मा , औषधि समेत सेवा प्रदान गरेको थियो ।



अनलाइन डबली

