आज :

हाँडीगाउँमा यसरी मनाइयो गहना खोज्ने जात्राको रौनक (आख्यान सहित )

  • बुद्धशरण शाही

काठमाडौँ । काठमाडौँको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ।
नरःमि या ( हाँडीगाउँवासीका) त्वरः द्यः (कुँडालदेवी) मागः मिया (मालीगाउँवासीका) मयति (मैतिदेवी) भन्ने मूल नारासहित प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदाका दिन हुँदै आइरहेको हुँडालदेवी गहना खोज्ने जात्रा गरिने परम्परा रही आएको छ ।

यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ।
चौलाथ्व चैत्रशुक्ल एकादशीका दिन हाडीगाउँ डबलीमा नाग-नागिनीको लिङ्गो उठाएपछि शुरू हुने हुँडालदेवी जात्राका लागि द्वादशीका दिन देवस्थलमा घाँस उखेली रंगरोगन गरिन्छ । अनि देवतालाई तेल घसिदिने परम्परा छ भने त्रयोदशीका दिन छोयलाभू (छोयला बनाई) भोज खाने र पोडे-थकालीलाई हातखुट्टाको नङ, कपाल काट्न लगाई सफासुग्घर गरी मध्यराति टुंडालदेवीको लोग्ने (नाठो) का रूपमा (द्योला) लाई देवीको टाउकैमा राखी राँगो बलि दिइन्छ । कथनअनुसार छोरी मपता अजिमा (भाटभटेनी) आमालाई भेट्न जाँदा आमा हुँडालदेवी आफ्ना नाठोका साथ धन्न हिँडिरहेको देखी रिसाएर फर्किएको बेला गहना हराएको आख्यान जडित गहना खोज्ने जात्रा हुने गर्दछ ।

सिवाजाको तालमा खट फर्काइँदा मध्यराति हेर्नुहुँदैन भन्ने मान्यता पाइन्छ । ल्हुतीपून्ही (बालाजु बाइसधारा) मेलाका दिन मूलजात्रा र चौलागा पारुका दिन नरःदे (हाँडीगाउँ) स्थित टङ्गालपोखरीमा गहना खोज्ने जात्रा हुने गर्दछ । हुँडालदेवी (त्वरः अजिमा) ले टङ्गाल पोखरीमा गहना खोज्न तीन फन्को लगाइरहँदा हुँडालदेवीको अर्को खट मानेखट (माखः) ले पोखरी परिक्रमा गरिरहेको हुन्छ । देवीलाई भक्तजन गुठियारहरूले योम्हरी, चटामरी, सिसाबुसाले पूजा गरिँदा गहना खोज्ने जात्राको रौनकता बेग्लै हुन्छ भने चौलागा तृतीयाका दिन परम्परागत ज्यापू-ज्यापुनी पहिरनमा याली गरी समापन गरिन्छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal