आज :

मनमैजु अजिमा जात्रा सुरु

  • बुद्धशरण शाही

काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित मनमैजु मन्दिर परिसरमा आज मनमैजु अजिमा जात्रा मनाईको छ ।

प्रत्यक बर्ष  वैशाख कृष्ण प्रतिपदाका दिनबाट बालाजुनजिक टोखा नदीको दोभानमा अवस्थित फुसिख्यो, मनमैजुमा मनाइने यो जात्रा कलिगत ३८२५ मा गुणकामदेवले महालक्ष्ी देवीको आज्ञामुताबिक चलाएको जनविश्वास रहेको पाइन्छ ।
१२ वर्षको एकपल्ट पचलीभैरव र भद्रकाली गणदेवीको समेत सहभागी हुने मनमैजु (इन्द्रायणी) जात्रा ने.सं.५८० कालीन राजा अमर मल्लले व्यवस्थित गराएका हुन् ।

स्वयम्भू पुराणअनुसार वज्रयानी १२ तीर्थमध्ये एक मनोरथ तीर्थमा मनमयजु नामकी एक कुरूप कन्याले देवराज इन्द्र पति पाऊँ भनी व्रत बस्छिन् तर व्रतको प्रभावले काली, छ्याकटी, गलगाँड भएकी नाक नभएकी कुरूप मनमयजु पनि सुन्दरी देख्छन् इन्द्रले । फलस्वरूप यौन उन्मादको बसिभूत इन्द्र-मनमयजुबीच सम्भोग हुन्छ र इन्द्रायणीको पद प्रदान गरिन्छ ।
यही आख्यानका आधारमा शुरू भएको मनमयजु जात्रा आज शुक्रबार ल्हुती पूर्णिमाका दिन मूलजात्राका रूपमा मनाइयो ।

चौलागा तृतीयाका दिनदेखि ५ दिन यहाँ यो जात्रा भव्यरूपमा मनाइने परम्परा रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal