आज :

आर्थिक रुपान्तरण र सुशासन सरकारको मुख्य एजेण्डा : अर्थमन्त्री डा.वाग्ले

  • अनलाइन डबली

तहट । संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालैको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको अभूतपूर्व जनादेशलाई न्याय गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन ।
पर्साको वीरगन्जमा शुक्रबार आयोजित आगामी आर्थिक वर्ष २०८३÷८४ को पूर्व–बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उन्ले यस्तो धारणा राखेका हुन ।
अर्थमन्त्री वाग्लेले वर्तमान सरकार मुलुकको समग्र अर्थतन्त्र सुधारको बाटोमा अगाडि बढिसकेको दाबी समेत गरेका छन ।
‘विगतका सरकारहरूलाई जस्तो यो सरकारलाई अहिले छुट छैन,’ उनले भने, ‘किनकी यो सरकारले जुन अभूतपूर्व जनादेश पाएको छ, त्यो सुधार र सुशासनका लागि नै हो ।’
पर्सा र बाराका उद्योगी व्यवसायीहरूको गुनासो र सुझाव सुनेपछि मन्त्री वाग्लेले आर्थिक रूपान्तरणकै लागि जनताले रास्वपालाई मत दिएकाले सोही एजेण्डामा काम सुरु भइसकेको स्पष्ट पारे ।
उनले आगामी बजेट आर्थिक रूपान्तरणको मूल ध्येयमा केन्द्रित हुने बताउँदै भने, ‘नीति सही र नियत सफा भए धेरै काम गर्न सकिन्छ । हाम्रो नीति र नियत दुवै स्पष्ट छ ।’
प्रधानमन्त्री बालेन्द्र शाहले समेत जनतालाई सास्ती नभई प्रत्यक्ष राहत दिने गरी काम गर्न निर्देशन दिइसकेकाले सरकार सोही दिशामा दृढताका साथ अघि बढ्ने उनले उल्लेख गरे ।
कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव भुपाल बराल, पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त, वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक, राजस्व कार्यालयका प्रमुखहरूका साथै बारा र पर्साका उद्योगी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal