आज :

सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित, आइतबार ३ बजे शपथ

  • अनलाइन डबली

काठमाडौँ । सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । रास्वपाका उपासभापति समेत रहेका अर्यालको मात्रै सभामुखको लागि उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएका हुन् ।

संघीय संसद् सचिवालयले आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीले उम्मेदवारी नदिएका कारण अर्याल निर्विरोध निर्वाचित भएका हुन् ।

सभामुख अर्यालको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले आइतबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal