
काठमाडौं । अमेरिका इरानसँगको युद्धले थप संकटमा फस्दै गएको छ । इजरायलको उक्साहटमा युद्धमा होमिएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लाखौं जनता सडकमा निस्किएका छन् ।
इरान युद्ध ‘निल्नु न ओकल्नु’ भएकोले बेला ट्रम्पले सेना प्रमुख र महान्यायाधिवक्तालाई हटाएने निर्णयमा पुगेका छन् । प्रतिउत्पादक हुने भन्दै सेना प्रमुख र महान्यायाधिवक्ताले इरान युद्ध छोट्याउनु पर्ने बताउँदै आएका थिए ।
त्यसबाट भड्किएका ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन् । त्यस्तै, रक्षामन्त्रीमार्फत ट्रम्पले सेना प्रमुख ¥यान्डी जर्जलाई राजिनामा मागेका छन् ।
रक्षामन्त्री पिट हेगसेथले सेना प्रमुख जर्जलाई राजीनामा दिन भनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । जर्जले यसअघि खाडी युद्ध र पछि इराक तथा अफगानिस्तानसँगको संघर्षमा समेत सेवा गरेका थिए ।


अनलाइन डबली



