आज :

प्रतिनिधि सभाको बैठकपछि सांसदहरु के के भने ?

  • अनलाइन डबली

काठमाडौं । विहीबार बसेको प्रतिनिधि सभाको बैठकपछि संसद परिसर सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै सांसदहरुले शिक्षा, विज्ञान प्रविधि तथा सामाजिक न्यायका विषयमा आफ्नो धारणा राखेका छन् ।

सांसद महाविर पुनले देश र जनताको हितलाई केन्द्रमा राखेर विशेषगरी विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्न गुणस्तरीय शिक्षा प्रणाली आवश्यक रहेको बताए । उनले विद्यालय, प्राविधिक शिक्षालय तथा विश्वविद्यालयमा राम्रो शिक्षाको वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

‘कसैको व्यक्तिगत फाइदाको लागि नभई देश र जनताको हितको लागि खासगरी विद्यार्थी भाइबहिनीको लागि, भावि सन्ततिको लागि राम्रो शिक्षा पाउन् भन्ने वातावरण स्कूलमा, प्राविधिक शिक्षालयमा र विश्व विद्यालयमा बनोस भन्ने हो,’ सांसद पुनले भने ।

उनले विज्ञान, प्रविधि र अनुसन्धानलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै अहिलेसम्मका सरकारले यस विषयलाई पर्याप्त ध्यान नदिएको टिप्पणी गरे । आगामी सरकारले भने यसलाई गम्भीरतापूर्वक सुन्नुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘विज्ञान प्रविधि, अनुसन्धान भन्ने विषय चाहीं सरकारले सुन्नैपर्छ । अहिलेसम्मको सरकारले सुनेन । अबको सरकारले यो पनि सुन्नुपर्यो । एउटा कानले सुनेर अर्को कानले उठाउन हुँदैन ।’

यसैगरी, सांसद खगेन्द्र सुनारले संसदमा दलित समुदायप्रति गरिएको औपचारिक क्षमायाचनालाई ऐतिहासिक कदमको रूपमा लिएका छन् ।

उनले हजारौं वर्षदेखि विभेदमा परेका समुदायको सम्मान उच्च बनाउने प्रयासका रूपमा यसलाई लिँदै सरकारप्रति धन्यवाद व्यक्त गरे । उनले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहलगायत सरकारलाई विशेष धन्यवाद दिए ।

सांसद सुनारले भने, ‘आज पहिलोचोटी नेपालको संसदमा उभिएर सत्तारुण दल यो दुई तिहाई प्राप्त दलको सभापतिले सरकारको तर्फबाट राज्यको तर्फबाट संसदको टेबलमा उभिएर शिर झुकाएर दुई हात जोडेर हजारौं वर्षदेखि शिर झुकाएर बसेका समुदायको शिर उच्च राख्नको लागि जसरी माफी माग्नुभयो म व्यक्तिगत रुपमा खगेन्द्र सुनारको तर्फबाट सात लाख दलितको तर्फबाट साथै समाजमा अन्याय र उत्पीडनमा परेका सबै समुदायको तर्फबाट पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन शाहज्यू लगायत सरकारलाई हृदयदेखि नै धन्यबाद भन्छु ।’

त्यस्तै, सांसद गणेश पराजुलीले पनि राज्यबाट उत्पीडन भोग्दै आएका दलित समुदायका लागि संसदबाट औपचारिक रूपमा क्षमा याचना गरिनु इतिहासमै अभूतपूर्व घटना भएको बताए । उनले सरकारबाट समेत दलित समुदायसँग औपचारिक क्षमायाचनाको कार्यक्रम तय भएको जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal