आज :

ललितपुर महानगरमा वातावरण प्रहरी एम्बुलेन्स संचालनमा

  • अनलाइन डबली

काठमाडौं । ललितपुर महानगरपालिकाले बिहीबारदेखि वातावरण प्रहरी एम्बुलेन्स संचालनमा ल्याएको छ ।महानगरका मेयर चिरीबाबु महर्जनले एक विशेष कार्यक्रमका बिच उक्त एम्बुलेन्सको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा मेयर महर्जनले ललितपुरको पार्टन दरबार क्षेत्र, पुल्चोक र जाउलाखेल लगाएतका क्षेत्रमा ‘नो स्मोकिङ जोन’ व्यवस्थापन गरेको बताए ।
उनले पाटन दरबार क्षेत्र, पुल्चोक र जाउलाखेल लगायतका क्षेत्रमा ‘नो स्मोकिङ जोन’ व्यवस्थापन गरेकाले यस क्षेत्रमा कसैले धुम्रपान गर्यो भने बातावरण प्रहरीले कारवाही गर्ने बताए ।

उले भने, ‘ललितपुर महानगरको धेरै ठाउँमा जस्तै–पाटन दरबार क्षेत्र, पुल्चोक र जाउलाखेललगायतका क्षेत्रमा ‘नो स्मोकिङ जोन व्यवस्थापन गर्यौं । त्यसको नियमित अनुगमनका लागि वातावरण प्रहरीको जरुरत थियो । आजबाट सुरु भएको यो कामलाई हिजोको भन्दा बढिनै रफ्तारमा यसको अनुगमन हुनेछ । त्यस्तै नयाँ अफियानमार्फ ललितपुर महानगर हरियाली पनि भएको छ ।’

महानगरले लगाएका रुख बिरुवामा कुनैपनि किसिमको आँच पुर्याइयो भने वाताबरण प्रहरीले कारवाही गर्ने उनले बताए ।

सडकमा अत्यधिक धुँवा फाल्ने सवारी साधन र मापदण्ड विपरीत सञ्चालित उद्योगहरूको समेत यसै भ्यानमार्फत नियमित अनुगमन गरिने महानगरले जनाएको छ ।

वातावरण प्रहरीले जथाभावी फोहोर फाल्ने, ध्वनि प्रदूषण गर्ने र सडक किनारका रुखबिरुवामा क्षति पु¥याउनेहरूमाथि तत्काल कारबाही गर्नेछ । सहरको कुरुपतालाई बढावा दिने अव्यवस्थित विज्ञापन तथा पोस्टर टाँस्ने कार्यलाई पनि अब कडाइका साथ नियन्त्रण गरिनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal