काठमाडौँ । प्रतिनिधिसभाको पहिलो बैठक विहीबार बस्न लागेको छ । सरकारको सिफारिसमा राष्ट्रिपति रामचन्द्र पौडेलले संसदको पहिलो बैठक आह्वान गरेका थिए ।
संसदको पहिलो बैठक संचालनको लागि सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सर्वदलीय बैठक बसेको छ । बैठकको अध्यक्षता जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गरेका थिए ।
विहीबार संसद बैठकले बस्ने र शुक्रबार नयाँ सभामुखको चुनाव हुने तय भएको छ । सर्वदलीय बैठकमा दलहरुबीच सहमति भएको छ ।


अनलाइन डबली



