आज :

भारतमा पनि व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि

  • अनलाइन डबली

काठमाडौं । भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच पश्चिम एशियामा चर्किएको युद्धका कारण खाडि मुलुकका धेरै तेल प्रशोधन केन्द्रहरुमा बमबारी हुनुका साथै विश्वभर तेल आपुर्ति हुने हर्मुज नाका बन्द भएपछि त्यसको असर विश्वव्यापी रुपमा परिरहेको छ ।

दिल्लीमा १९ केजी तौल क्षमताका व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य १९५.५० भारुबाट बढेर २,०७८ भारु पुगेको छ । त्यस्तै, ५ केजी एफटीएल सिलिन्डरको मूल्य ५१ रुपयेले बढेर ५४९ भारु कायम गरिएको छ । कोलकातामा १९ केजी व्यावसायिक सिलिन्डरको मूल्य २१८ रुपयेले बढेको छ ।

यद्यपि, घरेलु प्रयोगका लागि १४.२ केजी एलपीजी सिलिन्डरको मूल्य भने यथावत् राखिएको छ । दिल्लीमा यसको मूल्य ९१३ भारु कायम छ, जुन पछिल्लोपटक मार्च ७ मा ६० भारुले बढाइएको थियो ।

यसैबीच, आजैदेखि हवाई इन्धनको मूल्य पनि वृद्धि गरिएको छ । दिल्लीमा हवाइ इन्धनको मूल्य प्रतिकिलो लिटर २,०७,३४१. २२ भारु पुगेको छ भने कोलकातामा २,०५,९५३.३३ पैसा कायम गरिएको छ । मुम्बईमा १,९४,९६८ भारु र चेन्नईमा २,१४,५९७ भारु पुगेको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ । यसअघि ८१६ भारु रहेको मूल्य बढेर १,६९० भारु पुगेको छ । पश्चिम एसियामा बढ्दो भूराजनीतिक तनाव र कच्चा तेलको मूल्य वृद्धिका कारण इन्धनको मूल्य बढेको बताइएको छ । सरकारका अनुसार देशभर इन्धन आपूर्ति भने सहज रहेको छ र पेट्रोल पम्पहरूमा पर्याप्त भण्डारण उपलब्ध छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal