
काठमाडौँ। अधेता तथा रचनाकार शिद्दी बहादुर रञ्जितकार द्वारा लिखित पाँच वटा कृतिहरूको विमोचन गरिएको छ। नेपाल मण्डल साँस्कृतिक अभियानको आयोजनामा आज एक कार्येक्रमका बीच संयुक्त रुपमा डा गोपाल धौबञ्जार, प्रकाश प्रशाद उपाध्याय ,प्रा डा विणा पौड्याल र पुस्तक लेखक सिध्दी बहादुर रंजितले एक साथ् पुस्तकहरुको बिमोचन गर्नु भयो। ,
विमोचन गरिएका पुस्तकहरु अरनिको ,अनौठो यात्रा , नेपा: सभ्यता गरि नेपाल भाषा , नेपाली भाषा र अंग्रेजी भाषाका Ancient and Contemporary Culture of Nepal , Nevah Culture & Religion पुस्तकहरु रहेका छन्।
उक्त कार्यक्रममा साहित्य, संस्कृति तथा बौद्धिक विमर्शको सुन्दर संगम देखिएको थियो।
कार्यक्रममा वक्ताहरूले लेखकका कृतिहरू विद्यार्थी तथा अनुसन्धानकर्ताहरूका लागि उपयोगी र ज्ञानवर्धक रहेको धारणा राख्नुभयो।
लेखक शिद्दी बहादुर रञ्जितकारले आफ्ना कृतिहरूले समाज, संस्कृति र इतिहासको अध्ययनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
समग्रमा, उक्त विमोचन कार्यक्रमले साहित्य, इतिहास र संस्कृतिको समन्वय गर्दै बौद्धिक क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ।



बुद्धशरण शाही



