आज :

इरान-अमेरिका युद्धको २६ औं दिनः ट्रम्पले गरे ३० दिने युद्धविरामको प्रस्ताव, इरानको हमला जारी

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरान युद्धबाट सुरक्षित पछि हट्न चाइरहेका छन् । एकतर्फी पाँच दिनको लागि युद्धविराम गरेका ट्रम्पले अब ३० दिनको लागि लम्ब्याउन चाहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

ट्रम्पले आफ्नो कार्यालयमा संचारकर्मीसँग कुरा गर्दै इरानसँग राम्रो वार्ता भइरहेको बताउँदै युद्ध आफूले जितेको दाबी गरे । इरानले आणविक हतियार नराख्ने सहमति जनाएको ट्रम्पले दाबी गरेका छन् ।

पकिस्तानमार्फत इरानलाई वार्ताको एजेण्डा पठाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । ट्रम्पले वार्ताको लागि १५ बुँदा पठाएको दाबी गरिएको छ । दाबीअनुसार आणविक हतियार नबनाउनेलगायतका विषय भएको बताइएको छ ।

उता, इरानले वार्ताबारे अहिलेसम्म औपचारिकरुपमा कुनै प्रतिक्रिया दिएको छैन । ट्रम्पले इरानसँग वार्ता भइरहेको भन्दै पाँच दिनको लागि युद्धविराम गरेको दाबीलाई झुट प्रचार भन्दै इरानी अधिकारीले खण्डन गरेका थिए ।

इरानी मिडियाहरुले ट्रम्पको दाबीलाई झुट प्रचार भन्दै निरन्तर जवाफी हमला भइरहेको बताएका छन् । गएराति पनि इरानले इजरायलका चारवटै मुख्य शहरका मिसाइल हमला गरेको छ । राजधानी तेलअभिभसहित हाईफा, जेरुसलम, डिमोनामा भारी मिसाइल प्रहार गरेको युद्ध क्षेत्रमा रहेका पत्रकारहरुले भिडियो र फोटोसहित पत्यक्ष रिपोर्टिङ गरिरहेका छन् ।

इरानले उन्नत मिसाइल प्रहार गरेको र इजरायलका प्रतिरक्षा प्रणाली पूर्णरुपमा फेल भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal