आज :

नियमित योग र आयुर्वेदको सङ्गमले दैलेखमा स्वास्थ्य ‘चमत्कार’

  • नवीन रिजाल

दैलेख । दैलेखमा सञ्चालित नियमित योग शिविरहरू नागरिकको स्वास्थ्य सुधारमा ‘चमत्कारिक’ माध्यम बन्न थालेका छन् । योग शिविर भित्रै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको समन्वयमा सञ्चालित सचेतना कार्यक्रम र नियमित योग अभ्यासका कारण वषौँ देखि बल्झिएका जटिल स्वास्थ्य समस्याहरू समाधान हुन थालेका छन् ।

विशेष गरी नियमित कपालभाँती प्राणायाम र योगाभ्यासका कारण मुटु सम्बन्धी गम्भीर समस्या, उच्च रक्तचाप, मधुमेह (सुगर) लगायतका धेरै नाम गरेका रोगहरू निको भएका प्रशस्त उदाहरणहरू देखिएका छन् । योग शिविरमा ६० देखि ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक र महिलाहरूको निरन्तर र उल्लेखनीय सहभागिता रहने गरेको छ ।

पतञ्जली योग समिति दैलेखका मुख्य प्रशिक्षक शंकर थापाको पहलमा जिल्लामा योगको ठूलो लहर आएको छ । थापाकै सक्रियतामा निर्मित योग भवनमा अहिले योग प्रोटोकल अनुसार नियमित प्रशिक्षणका साथै प्राकृतिक उपचार सम्बन्धी ज्ञान दिइँदै आएको छ । सोही शिविरको सन्दर्भ पारेर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. यादव प्रसाद उपाध्यायले योग र आयुर्वेदलाई एउटै सिक्काका दुई पाटाको रूपमा व्याख्या गर्दै जडीबुटीको महत्व बारे जानकारी दिनुभया े।
“योगले शरीर लाई भित्रबाट बलियो र सन्तुलित बनाउँछ भने आयुर्वेदले प्राकृतिक खानपान र जडीबुटी मार्फत शरीरको रक्षा गर्छ,“ डा. उपाध्यायले भन्नुभयो । उहाँले स्थानीय स्तरमा पाइने अमला, कुरिलो, शिलाजित, गुर्जो, असुरो, टिमुर, तुलसी लगाएतका जडीबुटीलाई प्रयोग गर्ने तरिकाबारे जानकारी दिनुभएको थियो ।

योग शिविरमा सहभागी राधाकुमारी शाहीले योगले मन चङ्गा बनाउनुका साथै विचार, भोजन शैली र आचरणमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो। शिविरका क्रममा सहभागीहरूको सुगर र प्रेसर (रक्तचाप) समेत जाँच गरिएको थियो ।

वर्षौँ देखि औषधि सेवन गरिरहेका बिरामीहरूले समेत योग र आयुर्वेदको उचित समन्वय पछि स्वास्थ्य लाभ लिन थालेका छन् । प्राकृतिक जडीबुटीको परिचय, यसको सेवन गर्ने सही मात्रा र समयका बारेमा आयुर्वेद केन्द्रले जानकारी दिँदै आएको छ । योग र आयुर्वेदको यो सहकार्यले दैलेख बासीलाई निरोगी बनाउने अभियानमा ठूलो सफलता मिलेको प्रशिक्षक थापाले बताउनुभयो।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal