आज :

इरानको ड्रोन हमलापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द, यात्रु अलपत्र

  • अनलाइन डबली

काठमाडौं । इरानले ड्रोन हमला गरेपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूका अनुसार यात्रु र कर्मचारीको सुरक्षालाई ख्याल गरेर सबै उडान स्थगित गरिए हो ।

इरानको ड्रोन हमलापछि विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको थियो ।

अमेरिका–इजरायलले इरानमाथि हमला गरेका थिए । इरानले पनि जवाफी हमला गरिरहेको छ । इरानले पटकपटक ड्रोन हमला गरेपछि यसअघि दुबई विमानस्थल अस्थायी रुपमा बन्द गरिएको थियो ।

विश्वकै सबैभन्दा व्यस्त हुने विमानस्थल बन्द हुँदा विभिन्न देशमा जाने र आउने यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal