आज :

हालसम्म नेपालले मासिक आवश्यकताअनुसार ग्यास प्राप्त गरिरहेको छ : प्रवक्ता ठाकुर

  • अनलाइन डबली

काठमाडौं । नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उपभोक्तालाई घरमा एलपी ग्यास भण्डारण नगर्न आग्रह गरेका छन् ।

शुक्रबार निगमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उपभोक्ताले अनावश्यक रूपमा ग्यास संचित गर्न थालेका कारण बजारमा अभाव भएको जस्तो देखिएको बताएका हुन् । उनले हालसम्म नेपालले मासिक आवश्यकताअनुसार ग्यास प्राप्त गरिरहेको जानकारी दिए ।
ठाकुरका अनुसार नेपालमा मासिक करिब ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको छ र सो परिमाण बराबरको ग्यास नियमित रूपमा आइरहेको छ ।

‘उपभोक्ताले भण्डारण गर्न थाले, हामीले आजसम्म जति खपत छ त्यती प्राप्त गरिरहेका छौ तर जुन घरघरमा होटेल, रेष्टुरेन्टमा संचिती भईरहेका छ त्यसका लागि अपुग छ आजको मितिमा पनि । हाम्रो तथ्याङकले के देखाउछ भने मासिक खपत नेपालको ४५देखी ४६ हजार मेट्रिक टन हो । त्यो हरेक महिना हामीले पाएका छौ । फागुनको २६ गते साढे ४५ हजार मेट्रिक टन ग्यास हामीकहाँ आइपुगेको अवस्था छ,’ उनले भने ।

उनले उपभोक्तालाई ग्यास आपूर्ति सहज रहेको भन्दै अनावश्यक रूपमा घर, होटल वा रेस्टुरेन्टमा ग्यास भण्डारण नगर्न आग्रह गरे । अत्यधिक भण्डारण गर्दा बजारमा कृत्रिम अभाव सिर्जना हुने मात्र नभई दुर्घटनाको जोखिम पनि बढ्ने उनको भनाइ छ ।

उनले भने, ‘आम उपभोक्तालाई के भन्न चाहन्छु भने ग्यास आपूर्ती सहज छ । यसरी भण्डारण गर्दा अर्को जोखिम ननिम्ताउला भन्न सकिन्न । यो अतिप्रजलनशील पदार्थ हो । उपभोग्ता वर्गले घरमा भण्डारण गरी राख्दाखेरी त्यसले पुर्याउने जोखिम आकलन गर्न आम उपभोक्तालाई अनुरोध गर्न चाहन्छु ।’

प्रवक्ता ठाकुरले निगमको मुख्य भूमिका पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्री–वितरण रहेको बताए । डिजेल र पेट्रोल आधिकारिक डिलरमार्फत बिक्री–वितरण भइरहेको तथा हवाई इन्धन भने निगमले आफैं वितरण गरिरहेको उनले जानकारी दिए ।

एलपी ग्यासको हकमा भने निगमले ‘पीडीओ’ जारी गर्ने गरेको र सम्बन्धित उद्योगले भारतका ढुवानीकर्तामार्फत ग्यास ल्याएर वितरण गर्ने व्यवस्था रहेको उनले स्पष्ट पारे। साथै नेपालमा ग्यास ढुवानीका लागि हालसम्म नेपाली ढुवानीकर्ता संलग्न नभएको पनि उनले बताए ।

‘नेपाल आयल निगमको मूख्य भुमिका भनेको पेट्रोलियम पदार्थको आयात, भण्डारण र विक्रि वितरण हो । डिजेल पेट्रोलको हकमा आधिकारी डिलरबाट विक्रि वितरण गरिरहेको छौ भने हवाई इन्धन निगम आफैले विक्रि वितरण गरिरहेको छ । ग्यासको हकमा नेपाल आयल निगमले पिडियो जारी गर्ने गर्छ,’ उनले भने, ‘सम्बन्धित उद्योगले आफै धुवानीकर्ता खोजेर, नेपाली ढुवानीकर्ता एकजना पनि छैनन् भारतको ढुवानीकर्ता मार्फत ग्यास ढुवानी गरेर विक्रि वितरण गर्ने गरेको अवस्था हो ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal