आज :

शितलामा ‘मेरो परिवार’ शिर्षकमा निबन्ध लेखन प्रतिष्पर्धा

  • अनलाइन डबली

काठमाडौँ ।  बालाजु स्थित शितला माध्यामिक बिद्यालयले कोरियन संस्थाहरु The Nanum Plus: 507 Nonhyeon-ro, Gangnam-gu, Seoul, Korea र Mugunghwa Welfare World: 68 Gongwon-ro, Guro-gu, Seoul, Korea को आर्थिक सहयोगमा कक्षा ९ का सेक्सन ‘ए’ र ‘बि’ का विद्यार्थी भाइबहिनीहरूका लागि ‘मेरो परिवार’ शिर्षकमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ ।

बुधबार भएको प्रतियोगितामा जम्मा ५७ जना विद्यार्थीहरूले भाग लिएका थिए। कोरियन टिममा Jung-Hi Lim of The Nanum Plus लगायत ६ जनाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा कक्षा ९ सेक्सन ‘क’ की करिना रेग्मीले प्रथम भइ नगद २ हजार  पुरस्कार  प्राप्त गरिन ।  त्यसैगरी कक्षा ९ सेक्सन ‘क’ की स्नेहा बलामी र सोही कक्षा र सोही सेक्सनबाट सुस्मिता श्रेष्ठले द्वितीय स्थान हासिल गरी जनही रु. १५ सय  र सोही सेक्सनबाट रितिशा श्रेष्ठ र सेक्सन ‘बी’ बाट चन्दन ठाकुर, र मेलिना गन्धर्व ले तृतीय स्थान प्राप्त गरी जनही रु. १ हजारका दरले नगद पुरुस्कार र प्रमाणपत्र प्राप्त गरे ।

कार्यक्रममा विद्यालयका शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस अवसरमा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने कोरियाबाट पाल्नुभएका अतिथिज्यूहरू, सहभागी विद्यार्थी भाइबहिनीहरू तथा सम्पूर्ण शिक्षकहरूलाई विद्यालय परिवारका तर्फबाट खुशी व्यक्त गर्दै हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal