आज :

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • अनलाइन डबली

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा विजयी सुरुवात गरेका छन् ।
नेपाल बास्केटबल सङ्घ (नेवा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा मङ्गलवार देखी सुरु भएको लिगको उद्घाटन खेलमा आर्मीले केभिसी हाउण्ड्सलाई १०७—७९ ले पराजित गरेको हो ।
खेलमा आर्मीले आर्मीले पहिलो क्वाटरमा २९—१७, दोस्रो क्वाटरमा २४—२२, तेस्रो क्वाटरमा २८—२१ र चौथो क्वाटरमा २३—१९ को अग्रता बनाएको थियो ।
आर्मीका निश्चल महर्जनले सर्वाधिक २७ अंक स्कोर गरे । उनी खेलको मोस्ट भ्यालुएल प्लेअर घोषित भए ।
पहिलो संस्करणमा सहभागी नभएको आर्मीले यस पटक भने उद्घाटन खेलमै जित हात पारेको हो । दोस्रो संस्करणमा आर्मीले छनोट प्रतियोगिता खेलेको थियो र त्यसको उपाधि जित्दै एचजेएनबीएलमा छनोट भएको थियो ।
यस्तै मंगलबार भएको दोस्रो खेलमा गोल्डेनगेट इन्टरनेसनल क्लबले साबिक विजेता टाइम्स इन्टरनेसनल क्लबलाई ९२—७५ पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
पहिलो संस्करणको फाइनलमा टाइम्सले गोल्डेनगेटलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।
टाइम्सले पहिलो क्वाटरमा २५—१८ को अग्रता बनाउँदै राम्रो सुरुवात गरेको थियो । तर गोल्डेनगेटले दोस्रो क्वाटर २५—१९ र तेस्रो क्वाटर ३०—१० ले आफ्नो पक्षमा पार्दै ७३—५४ को अग्रता बनायो । चौथो क्वाटर टाइम्सले २१—१९ ले आफ्नो पक्षमा पारेपनि जित हासिल गर्न पर्याप्त भएन ।
खेलमा गोल्डेनगेटका निकेश मगरले सर्वाधिक ३७ अंक स्कोर गरे । उनी खेलको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव राम चरित्र मेहताले हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिगको एक कार्यक्रमबिच उद्घाटन गर्नु भयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal