आज :

काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पछिल्लो केही दिनयता देखिएको बाक्लो तुवाँलोका कारण वायु प्रदूषणको स्तर बढ्दै गएको छ । मौसम धुम्मिँदा आकाशमा प्रदूषणका कणहरू थुप्रिन थालेपछि वायुको गुणस्तर खस्किएको हो ।
वातावरणविद्हरूका अनुसार लामो समयदेखि वर्षा नहुनु, हावा कम चल्नु तथा सुक्खा मौसमका कारण प्रदूषणका कणहरू वायुमण्डलमै थुप्रिएर तुवाँलो देखिएको हो।
विज्ञहरूका अनुसार वर्षा वा बलियो हावा चलेमा मात्र वायुमण्डलमा जमेको धुलो र प्रदूषणका कणहरू हटेर वायुको गुणस्तरमा सुधार आउने सम्भावना रहेको छ ।
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह समेत गरेको छ ।
वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन मन्त्रालयले अपिल गरेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal