
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ८१ क्षेत्रको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने अर्थात् प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रहेका १६५ क्षेत्रमध्ये १६३ क्षेत्रको मतगणना हुँदा ९२ क्षेत्रको मतपरिणाम सार्वजनिक गरेको हो ।
यो समाचार तयार पार्दा राति १०:३० बजेसम्म निर्वाचन आयोगद्वारा घोषित मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ७४ क्षेत्रमा विजय हासिल गरेको छ । रास्वपाले ४८ स्थानमा अग्रता कायम राखेको छ । नेपाली कांग्रेसले १० सिटमा विजय हासिल गरेको छ । कांग्रेसले थप ८ क्षेत्रमा अग्रता लिएको छ । नेकपा (एमाले) चार सिटमा विजयी र आठ सिटमा अग्रता लिएको छ भने नेपाली कम्युनिस्ट पार्टी दुई सिटमा विजयी र पाँच सिटमा अगाडि छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सिट जितेको छ । श्रम संस्कृति पार्टीले तीन क्षेत्रमा अग्रता लिएको छ । साथै एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
यसै गरि समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीले दोब्बरभन्दा बढी मतसहित अग्रता बनाएको छ । रास्वपाले तीन लाख ६३ हजार २७१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले एक लाख १७ हजार ९४३ मत प्राप्त गरेको छ । एमालेले ९२ हजार १३९, नेपाली कम्युनिस्ट पार्टीले ४२ हजार ८६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ हजार ८८६, श्रम संस्कृति पार्टीले १३ हजार ३५४ र राष्ट्रिय परिवर्तन पार्टीले १० हजार ३९९ मत प्राप्त गरेको छ । नेपाल मजदुर किसान पार्टीले दुई हजार ७९७, नेकपा (माओवादी) ले दुई हजार ६८७, जनता समाजवादी पार्टी नेपालले दुई हजार ५७७, राष्ट्र निर्माण दल नेपालले दुई हजार एक सय र जनमत पार्टीले दुई हजार ४३ मत प्राप्त गरेको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपालले एक हजार ७९३, नेपाल जनता संरक्षण पार्टीले एक हजार ५०१, प्रगतिशील लोकतान्त्रिक पार्टीले एक हजार ३५२ मत प्राप्त गरेको छ । समानुपातिक मत पाउने अन्य दलमा राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय जनमोर्चा, मङ्गोल नेसनल अर्गनाइजेसन, सार्वभौम नागरिक पार्टी, संयुक्त नागरिक पार्टी, नेपाल जनता पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टीको एउटै निर्वाचन चिह्न, राष्ट्रिय एकता दल, नेपाल मातृभूमि पार्टी, नेकपा (माले) आम जनता पार्टी र जनादेश पार्टी नेपाल, नेकपा माक्र्सवादी (पुष्पलाल), नेसनल रिपब्लिक नेपाल, नेकपा (संयुक्त), समावेशी समाजवादी पार्टी नेपाल, जय मातृभूमि पार्टी, पिपुल फस्र्ट पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय गौरव पार्टी, नेपालका लागि नेपाली पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, जनता लोकतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल, नागरिक शक्ति नेपाल र नेपाल जनमुक्ति पार्टी छन् ।
त्यसै गरी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जन अधिकार पार्टी, नेपाल सद्भावना पार्टी, नेपाली कांग्रेस (बिपी), बहुजन शक्ति पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, नेपाली जनता दल, समावेशी समाजवादी पार्टी, नेपाली जनश्रमदान संस्कृति पार्टी, स्वाभिमान पार्टी तथा सचेत नेपाली पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल, मितेरी पार्टी नेपाल, जनप्रिय लोकतान्त्रिक पार्टी, उन्नत लोकतन्त्र पार्टी र त्रिमुल नेपालले पनि समानुपातिक मत प्राप्त गरेका छन् ।


अनलाइन डबली

