
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै किसिमको विजय र्याली नगर्ने भएको छ ।
रास्वपा उपसभापति डिपि अर्यालले आफ्ना उम्मेदवारलाई एक भिडियो सन्देश जारी गर्दै अबिरजात्रा र र्याली नगर्न भनेका छन् ।
रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको निर्देशन रहेकाले अब मतदाताको म्यान्डेट अनुसार काम गरेपछि विजयी र्याली मनाउने अर्यालले बताएका छन् ।
आफूहरूलाई काम गर्नका लागि जनताले यो उल्लेख्य मत दिएको बताउँदै अर्यालले जनताले दिएको म्यान्डेट पूरा भएपछि जनताको घरदैलोमा पुगेर धन्यवाद ज्ञापन गर्ने पनि बताए ।
निर्वाचन हुनुको पृष्ठभूमिमा भएको जेनजी आन्दोलन र मध्यपूर्वको घटनालाई ध्यानमा राख्दै रास्वपाले विजय उत्सव नमनाउने भएको हो ।


अनलाइन डबली

