
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ का मतदाताले परिवर्तनको अपेक्षा गरेको देखिएको छ । निर्वाचन क्षेत्रमा राजनीतिक दलका प्रतिनिधि र समर्थकहरूले पनि यसलाई औँल्याएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ८ का राजनीतिक दलका प्रतिनिधि तथा समर्थकहरु रोशन महर्जनले भने, ‘अहिले भएको निर्वाचनमा राम्रो मत परिणाम आइरहेको छ । जनताले परिवर्तन खोजेका छन् । नेपालमा सुशासनका लागि विभिन्न वेथितीहरूको समाधान आवश्यक छ ।’ त्यसैगरी, महेन्द्र महर्जनले भने, ‘जनताले परिवर्तन चाहेको स्पष्ट देखिन्छ ।’
२ः३० बजे सम्मको ताजा अपडेट अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ १४,३६४ मतसहित अग्रस्थानमा रहेका छन् ।
मतगणना अझै जारी छ र अन्तिम नतिजा आउन बाँकी रहेको छ ।


अनलाइन डबली

